१९ असार २०८३, शुक्रबार
,
Latest
ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटको तालिका सर्यो



अ+ अ-

काठमाडौं । कतार विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलहरु पुनः स्थगित भएका छन् ।  

एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन २०२१ सम्मका लागि स्थगित गरिएको आफ्नो वेभसाइट मार्फत जानकारी दिएको छ । एसियाली मुलक र विश्वभरी फैलिएको कोरोना भाईरस महामारीलाई कारण देखाउँदै एएफसीले अक्टोबर र नोभेम्बरमा तय गरेका छनोट खेलहरु स्थगित गरेको जनाएको छ । एएफसीले २०२१ सम्मका लागि स्थगित गरेको जनाए पनि नयाँ मिति भने तोकेको छैन् । कोरोनाको महामारीको परिस्थिति हेरेर तय गरिने एएफसीले सूचना मार्फत जानकारी दिएको छ ।

२०२२ कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसियन कप छनोट खेल अन्तर्गत नेपालले तीन होम खेल खेल्न बाँकी रहेको छ । असोज र कात्तिकमा नेपालले तीन घरेलु खेल खेल्ने तालिका रहेको थियो । यो निर्णयसँगै नेपालको खेल पनि स्थगित भएको छ । नेपालले असोज २२ गते चाईनिज ताईपेइसँग र ५ दिनपछि अष्ट्रेलियाको सामना गर्ने तालिका रहेको थियो । यस्तै कात्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका सार्वजनिक भएको थियो ।

यही खेललाई भनेर नेपालले भदौ पहिलो साताबाट अभ्यास थाल्ने तयारी गरिरहेको थियो । त्यसका लागि ३४ खेलाडीको सोमबार र मंगलबार सहभागि हुने खेलाडीको पिसिआर परिक्षणका लागि ललितपुर स्थित पाटन अस्पतालमा स्वाब संकलन गरिएको थियो ।