१९ असार २०८३, शुक्रबार
,
Latest
ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोटी बस दुर्घटना : मृतकको सनाखत, १२ को अवस्था गम्भीर (अपडेट)



अ+ अ-

काठमाडौं । डोटीमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तीन जनाको सनाखत भएको छ।

बुधबार बिहान जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ का ५९ वर्षीय पदम साउद, चौरपाटी गाउँपालिका ७ का ३१ वर्षीय टीकाराम विक र साँफेबगर नगरपालिका २ का ५५ वर्षीय लक्ष्मीदेवी विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लका अनुसार मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटी लगिएको र घाइते भएका ३१ मध्ये १२ जनाको अवस्था गम्भीर रहेको छन्।

घाइतेमध्ये पाँच जनालाई एम्बुलेन्समार्फत् सेती प्रादेशिक अस्पताल धनगढी रिफर गर्न लागिएको अन्यको जिल्ला अस्पताल डोटीमै उपचार भइरहेको छ। बस सडकबाट एक सय मिटर तल खसेको छ।