१९ असार २०८३, शुक्रबार
,
Latest
ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितुवाको छालासहित सात पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुसन्धान टोलीले भक्तपुरबाट जङ्गली जनावर चितुवाको छालासहित सात जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका सुडालबाट चार र सूर्यविनायकको दार्जलिङ हाइटबाट तीन गरी सात जनालाई प्रहरीले हिजो साँझ पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनका अनुसार चाँगुनारायण–८ सुडालस्थित सुरेश कार्कीको घरमा प्रहरीले छापा मार्दा कोठा भाडामा लिई बसेका चार जनालाई कालोमा खैरो र सेतो रङको पाटे चितुवाको सुक्खा छाला एक थान र चोरीकोे मोटरसाइकलसहित पक्राउ गरेको हो । उनीहरुकै बयानअनुसार यसमा संलग्न थप तीन जना सूर्यविनायक–८ दार्जलिङ हाइटबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रामेछाप सुनापति गाउँपालिका–५ स्थायी घर भई हाल चाँगुनारायण–८ सुडाल बस्ने १९ वर्षीय कुमार लामा, १७ वर्षीय फुसाङ तामाङ, १८ वर्षीय हिमाल लामा, २१ वर्षीय पासाङ तामाङ रहेका छन् । त्यसैगरी पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक तिमाल गाउँपालिकाका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–८ दार्जलिङ हाइट बस्ने २२ वर्षीय सञ्जीव सिंजाली मगर, रोशी गापा–१० घर भई सूर्यविनायक बस्ने २४ वर्षीय दिपेश तामाङ र सोही ठाउँका २३ वर्षीय मिलन मगर रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट भक्तपुर नगरपालिका–९ का प्रजु सुवालको चोरी भएको बा ९० प ६५१० नम्बरको मोटरसाइकल बरामद गरेको छ । त्यस्तै विभिन्न कम्पनीका मोबाइल नौ थान, सवारी चालक अनुमतिपत्र दुई थान, विभिन्न मोटरसाइकलको नम्बर प्लेट चार थान, मोटरसाइकलको लक एक थान बरामद गरेको छ ।  

चितुवाको छालाको गैरकानूनी कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात जनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको जानकारी दिँदै परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गिरीले थप अनुसन्धानका लागि चितुवाको छालासहित जिल्ला वन कार्यालयको जिम्मा लगाइने जानकारी दिए ।