१९ असार २०८३, शुक्रबार
,
Latest
ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुविवाह मुद्दाका फरार ६ वर्षपछि पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

तनहुँ । बहुविवाह मुद्दामा फरार एक महिलालाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । प्रहरीले जिल्लाको व्यास नगरपालिका–६ बस्ने ३९ वर्षीया विष्णु मल्ललाई पक्राउ गरेको हो ।

विसं ०७१ साउन २७ गतेको तनहुँ जिल्ला अदालतकोे फैसलाले मल्लउपर तोकेको कैदमध्ये ११ महिना १४ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकीले उनलाई पक्राउ गरी अदालत समक्ष पेश गरिएको हो । फरार मल्ल प्रहरीको निगरानीमा रहँदै आएकी थिइन् । 

अदालतले बाँकी रहेको कैद भुक्तानका लागि कारागार कार्यालय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।