२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन कायम गर्न अवरोध सिर्जना गरेका कारण सुशसान प्रवद्र्धनसम्बन्धी विधेयकः मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विद्यमान कानूनहरुले मुलुकमा सुशासन कायम गर्न अवरोध सिर्जना गरेको कारण सुशसान प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक ल्याइएको बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभाको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले सरकारले गरेको राम्रो कामको समेत विरोध गर्ने प्रतिपक्षको धर्म भएको उल्लेख गर्दै यसको कुनै ओखति नभएको तर्क गर्नुभयो । उहाँले सरकारले कति वटा ऐन संशोधन गर्यो भन्दापनि कानूनमा कति धेरै समस्या रहेछ भन्नेकुरा बुझ्न जरुरी रहेको बताउनु भयो । उहाँले योगमाया विश्वविद्यालयको नाम परिवर्तनको विषयलाई सत्तापक्षले फुलमाथिको बुट्टा र सुनमाथिको सुगन्ध जस्तो मानेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सत्तापक्षले योगमाया विश्वविद्यालयको नाम परिवर्तनको विषयलाई फुलमाथिको बुट्टाजस्तो र सुनमाथिको सुगन्ध जस्तै लागिरहेको छ । मेरो उत्तर यत्ति हो यसमा । गलत रहेको देखाइराख्ने त प्रतिपक्षको धर्म नै रहेछ । यसको पनि ओखति छैन जस्तो लाग्छ मलाई । १२ ऐन हामलिे संशोधन गर्यौं । हामी सबैको शत्रु भनेको कुशासन हो । जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न नसक्ने जुन परिस्थिति बनेको छ र विद्यमान कानूनहरुले मुलुकमा सुशासन कायम गर्न नसक्ने जुन खालको अवरोध सिर्जना गरेको छ । वाधा व्यवधान सिर्जना गरेको छ । त्यसकारणले कति वटा ऐन संशोधन गरेर ल्याइयो भन्दापनि कति धेरै समस्या रहेछ भन्नेकुरा बुझ्नुपर्दछ । यति धेरै कानूनहरु सुशासनको लागि वाधक रैछ भनेर हामीले यो विधेयक ल्याएको हो ।’

विधेयकले योगमाया आयुर्वेदिक विश्वविद्यालयको नाम परिवर्तन गरी विदुषि योगमाया हिमालयन आयुर्वेदिक विश्वविद्यालय राख्ने प्रश्ताव गरेको छ ।




भर्खरै