२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायिक खेती गरी कृषिमा आत्मनिर्भर बनौँः मन्त्री अधिकारी



अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यवसायिकरण गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा आयोजित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले भइरहेको पुरातन खेती प्रणालीले कृषिमा आत्मनिर्भर बन्न नसकिने बताउनु भयो । उहाँले वर्षभरी माटोसँगै खेल्ने किसानकै घरमा ६ महिना पनि खान नपुग्ने अवस्था रहेको बताउनु भयो । उहाँले कृषिलाई व्यवसायिकरण गर्नका लागि विभिन्न चरणमा नीति निर्माण गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । खाद्यवस्तु आयात गरेर सधैँ गुजारा नचल्ने भन्दै उहाँले मन्त्रालयले ठोस नीति निर्माणका लागि मन्त्रालयले गम्भीरतापूर्वक सोचेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जमिन छैन मल बीउ पनि किन्न सक्दैन, तर उ गरिबीमा बाँचेको छ, वर्षभरी माटोमा खेल्छ ६ महिनाभन्दा बढी खान पुग्दैन । नम्बर एक यसका विषयमा सोचौँ, दोस्रो नम्बर मध्यम खालको जसले वर्षभरी खेती गर्छ र उ बाँच्नसक्छ । त्यसका विषयमा सोचौँ र तेस्रो व्यवसायिक किसान । हामीले यसको पेरिफेरिमा रहेर यो नीति बनाउन सक्यौँ भने हामी दौडेर जहाँ पुग्न खोजेको हो पुग्न नसकौँला तर यस्लाई कार्यान्वयन चरणमा लैजान र व्यवस्थापन गर्नसक्यौँ भने नेपालले यति कल्पना गरे पुग्छ अहिलेका लागि । तर हामीसँग अर्को चुनौती के छ भने हामी के सधैँ आयातले मात्रै बाँच्ने ? आयातको भरले बाँच्न सकिँदैन सिङ्गो नेपाली बाँच्नुप¥यो । मैले गरेको खेतीले १० जनालाई पुगोस्, मैले गरेको व्यवसायले लाख मान्छेलाई पुगोस् । त्यो ढंगबाट सोच बनाए अगाडि बढौँ ।’

मन्त्री अधिकारीले किसानलाई गरिबीबाट मुक्त दिलाउने गरी तल्लो तहका किसानलाई अगाडि बढाउन नीति निर्माणका लागि सुझाव पेश गर्न समिति सदस्यहरुलाई आग्रह गर्नुभयो । मन्त्रालयमा आएको सुझावहरु एकीकृत गरी नीति निर्माण तहमा पु¥याउने उहाँको भनाइ छ ।