२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव छ: बोहरा



अ+ अ-

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष  एवं पूर्वमन्त्री अमृतकुमार बोहोराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन् । नेकपा क्षेत्र नं १ प्रदेश (क) द्वारा आयोजित बैठकमा उनले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकामा चिन्तासमेत व्यक्त गरे ।

पार्टीको हरेक नेता/कार्यकर्ता बैठकबाट भाग्न नहुने उनले बताए । सांसद शेरबहादुर तामाङले पार्टीभित्र सामान्य समस्या रहेको र पार्टी एक ढिक्का बनाउन गरिएका प्रयत्न बाहिर नआएकामा आश्चर्य प्रकट गरे ।

उनले जनभावनाविपरीत गतिविधि गर्ने हरेक नेता/कार्यकर्ता आफैँ समाप्त हुनेसमेत बताए । बैठकमा पूर्वसांसद सुवास कर्माचार्य, जिल्ला कमिटी अध्यक्ष झम्क नेपाल, प्रदेश कमिटी सदस्य अमृता नेपाललगायतले आफ्ना विचार राखेका थिए ।