२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्‍वभर दुई करोडभन्दा बढी कोरोना संक्रमित



अ+ अ-

काठमाडौँ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ । मंगलबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले बताएको छ । 

यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या दुई करोड एक हजार १९ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ लाख ३३ हजार ८ सय ९७ रहेको छ । 

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मंगलबार बिहानसम्म ५० लाख ८५ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख ६३ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा करिब ३० लाख ७० हजार संक्रमित भएका छन् भने एक लाख एक हजार ७ सय ५२ जनाको मृत्यु भएको छ । 

त्यस्तै तेस्रो स्थानमा रहेको भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख १५ हजारभन्दा बढी पुगेको छ ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ हजार ३ सय ८६ पुगेको छ । विश्व स्वास्थ्य संगठनले संक्रमण अझ बढ्न सक्ने चेतावनी दिँदै पूर्वसावधानी अपनाउन आग्रह गरेको छ ।