२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिताको आधार हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही



अ+ अ-

काठमाडौँ। जर्मनीको भ्रमणमा रहनुभएका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र अजरबैजानका वातावरण मन्त्री मुक्टार बाबायेभबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

जर्मनीको बर्लिनमा भएको सो भेटमा उहाँहरूबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको मन्त्री शाहीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री शाहीले गत वर्ष अजरबैजानको बाकुमा भएको जलवायुसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–२९) को सफल आयोजनाका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । साथै उहाँले नेपालले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ मा सहभागी हुन औपचारिक निमन्त्रणा समेत गर्नुभएको थियो ।

मन्त्री ‘पिटर्सवर्ग जलवायु संवाद’ मा सहभागी हुन यही चैत १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । विगत १४ वर्षदेखि जर्मन सरकारले जलवायु परिवर्तनमा बहुपक्षीय भूमिका र अन्तरराष्ट्रिय सहकार्यको महत्त्वलाई प्रवर्द्धन गर्न ‘पिटर्सवर्ग जलवायु संवाद’ आयोजना गर्दै आएको छ ।

उक्त संवादमा विशेषगरी जलवायु परिवर्तनको अन्तरराष्ट्रिय परिप्रेक्ष्य, जलवायु कूटनीति, सबैको सहकार्यबाट पृथ्वीको बढ्दो तापक्रमलाई कसरी नियन्त्रण गर्ने र जलवायु जोखिममा परेका देशहरूलाई कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

जलवायु वार्ताहरूमा विशेष भूमिका रहेका देशहरूलाई आमन्त्रित गरिने यस संवादको १५औँ संस्करणमा पहिलोपटक नेपाल सरकारका तर्फबाट वनमन्त्री शाही सहभागी हुनुभएको हो ।

कार्यक्रममा मन्त्री शाहीसँगै जर्मनीका लागि नेपाली राजदूत शैल रुपाखेती, जलवायुविज्ञ मञ्जित ढकाललगायत सहभागी हुनुहुन्छ । मन्त्री शाही यही चैत १५ गते स्वदेश फर्कनुहुनेछ । रासस