२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटहरीको सेन्ट्रल प्लाजामा आगलागी



अ+ अ-

सुनसरी। इटहरीको सेन्ट्रल प्लाजामा आगलागी भएको छ ।

इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि आगो लागेको हो ।

प्लाजा भित्र रहेको बरण्डा होटलमा लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्लाजामा होटल, सिनेमा घर सहित ५० भन्दा बढी पसलहरू रहेका छन् ।

आगो निभाउन इटहरी उपमहानगरपालिकाको दमकल पुगेको छ । आगलागीको कारणबारे खुलेको छैन ।