२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको सङ्क्रमण र मूल्य वृद्धिले कारोबार ठप्प



अ+ अ-

काठमाडौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ दिनहुँ उकालो लागेपछि नेपालमा सुनको व्यवसायी सङ्कटमा पर्न थालेका छन् । सामान्य अवस्था दैनिक १० देखि २० किलोभन्दा बढी र तीज, दशैँ, तिहार तथा विवाहका सिजनमा ३० देखि ४० किलोसम्मको व्यापार हुने गरेकोमा कोरोनाको सङ्क्रमण र मूल्य वृद्धिसँग कारोबार ठप्प जस्तै छ ।
सुनको मूल्य बढेपछि किन्नेभन्दा बढी बेच्ने होलान् भन्ने व्यवसायीको अपेक्षा भए पनि खासै बिक्रेता पनि नआएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर वज्राचार्यले बताए । उनले भने, “नेपालमा ढिक्का सुनभन्दा पनि गहना बनाएर राख्ने प्रचलन रहेकाले मूल्य निरन्तर बढिरहँदा उपभोक्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । ”
खासमा सामान्य ग्राहकको सुनप्रतिको आकर्षण अहिले सुनको बढ्दो भाउ बुभ्mदै आश्चर्य प्रकट गर्नु मात्र रहेको पाइन्छ । ग्राहकले मूल्य बढेका आधारमा सुन बिक्री गर्न जाँदा व्यवसायीले करिब पाँच प्रतिशतसम्म रिफाइनरी चार्ज (ज्याला जर्ती) भनेर कट्टी गर्ने आपसी समझदारी गरेका छन् । सामान्य अवस्थामा भने यो दुईदेखि तीन प्रतिशत मात्र रहन्थ्यो ।

महासचिव वज्राचार्य भन्छन्, “यो कुनै नियम बनाएको होइन किन्ने र बेच्ने बीचको आपसी समझदारीले अधिकतम पाँच प्रतिशतसम्म गर्न सकिने भन्ने समझदारी भएको हो । ”
महासङ्घका अनुसार नेपालमा सुनचाँदीको व्यवसायमा करिब ६० अर्ब रुपियाँको लगानी छ । यो व्यवसायमा देशभर करिब २२ हजार व्यवसायी आबद्ध छन् । तीमध्ये काठमाडौँमा दुई चार जना व्यवसायी विदेशी पनि रहेका छन् । सुनका गरगहना तयार गर्न र बिक्रेताका रूपमा यो क्षेत्रमा करिब दुई लाखभन्दा बढी श्रमिक आबद्ध छन् । तीमध्ये ७० देखि ८० प्रतिशत श्रमिक विदेशी रहेकाले अहिले आ–आफ्नो घर फर्किएका छन् । बन्दाबन्दी सकिएपछि करिब १० प्रतिशत काममा फर्के पनि उनीहरूले काम पाउन नसकेको महासचिवको भनाइ छ ।

यो क्षेत्रका श्रमिकलाई हालसम्म पारिश्रमिक नदिएको भन्ने गुनासो महासङ्घमा नआएको उहाँको दाबी छ । कारोबारमा मन्दी आएसँगै काठमाडौँका न्युरोड क्षेत्रका केही व्यवसायी पसल बन्द गर्ने सोचमा पनि पुगेका छन् भने परम्परागत पेसाका रूपमा यो व्यवसायलाई अँगाल्दै आएका भने अझै एक वर्ष धैर्य गरेर बस्नुपर्छ भन्ने मनस्थितिमा रहेको बताइएको छ । घर भाडामा लिएर व्यवसाय गर्दै आएकालाई घरधनीले एक÷डेढ महिनाको भाडा छुटसमेत दिएर व्यवसायलाई निरन्तरता दिन सहयोग गरिरहेको पनि महासचिवले जानकारी दिए ।

यो क्षेत्रले धेरैलाई रोजगारी दिए पनि मौद्रिक नीतिले भने सुनचाँदी व्यवसायीको माग सम्बोधन गर्न नसकेको गुनासो वज्राचार्यको छ ।
आइतबार नेपाली बजारमा छापावाल सुन तोलाको एक लाख दुई हजार छ सय रुपियाँ पुगेको छ । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख दुई हजार एक सय रुपियाँ कायम भएको छ । चाँदीको पनि मूल्य वृद्धि भएर एक हजार ४० रुपियाँमा कारोबार भएको छ । गोरखापत्र दैनिक