६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित



photo: rss
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण दिनुपर्ने माग राख्दै प्रतिपक्ष दलहरुले सदन अवरोध गर्दै आइरहेका छन् ।

विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि हिजो पनि विपक्षीको विरोधपछि स्थगित भएको सदन आज बिहान ११ बजेका लागि राखिएको थियो ।

तर, विपक्षीले अडान नछाडेपछि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग संवाद गर्दा पनि कुरा नमिलेपछि भोलिसम्मको लागि बैठक स्थगित गरिएको हो ।