२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भवनको भर्‍याङ् निर्माणमा लापर्वाही देखिएपछि भत्काउन र थप काम रोक्न समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले धर्मकीर्ति महाविहारको विहार निर्माण कार्य रोकेको छ । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा रहेको समितिले निर्माण कार्यको अनुगमन गर्दा भर्‍याङ् जोखिमपूर्ण भेटिएको र भवन निर्माण प्रक्रियामा लापर्वाही देखिएको थियो । यसपछि समितिले जोखिमपूर्ण भर्‍याङ् भत्काउन, सुपरभाइजर र साइट इञ्जिनियरको लिखित स्वीकृति बिना थप काम अगाडि नबढाउन निर्देशन दिएको हो ।

जमिन तलाबाट पहिलो तलामा जाने भर्‍याङका   तलाहरुको उचाइ फरक फरक भएको, साँघुरो भएको, ढलान गर्न जोडिएका फर्मामुनि इटा राखिएको, सुपरभाइजर र इञ्जिनियरले यस अघि दिएका निर्देशन पालना नगरेको अवस्था पाइएकोले निर्माण कार्य रोकिएको हो ।

अनुगमनका क्रममा समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख डंगोलले, पूर्वाधार निर्माणमा भइरहेका गलत क्रियाकलापहरुमा आँखा चिम्लिन नसकिने बताउनुभयो । ‘तोकिएको मापदण्डमा घट्ने गरी कतैको पनि काम अगाडि बढ्न दिँदैनौँ । काम नभएर फरक पर्दैन, गलत हुनुहुँदैन ।’ उहाँको भनाइ थियो ।

‘निर्माण कार्यमा अपनाउनु पर्ने विधिमा लापर्वाह गरेको भेटियो ।’ सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भन्नुभयो, ‘निर्माण कार्यमा पहिलेको दाँजोमा सुधार आएको छ । तर, अझै कडा निगरानी चाहिएको छ । हामी यसलाई कडाइ गरेर लैजान्छौँ ।’

यो विहार वुद्ध शिक्षाका लागि निर्माण गर्न लागिएको हो । गएको भदौ २३ गते कार्यादेश दिइएको निर्माण कार्य २०८२ भदौ २२ गतेसम्ममा सम्पन्न गरिसक्नु पर्नेछ । आयोजनाको सम्झौता रकम ५६ लाख ५८ हजार ३७२ रुपैयाँ हो ।

१ हजार १७८.१८ वर्गफिट क्षेत्रफल भएको जमिनमा निर्माण हुने ४ तले विहारको जमिन तला, पहिलो र दोस्रो तला ८२३.२३ वर्गफिटका हुनेछन् । माथिल्लो तला ५७८.६४ वर्गफिट क्षेत्रफलको हुनेछ ।

अनुगमनका क्रममा आज वडा नं. २२ मा रहेको मूलश्री महाविहार (मुःबाहा) मा रहेको कुमारी द्यो छेँ र वडा नं. २४ मा रहेको ब्राम्हिण राजोपाध्याय आगमछेँ निर्माण प्रक्रिया हेरियो । संरचनाहरुको प्राचीन पक्षका विषयमा जानकारी लिएर निर्माण शैली, निर्माण सामग्री, कला र कलाकारिताका पक्ष हेरिएको थियो । संरचनासँग सम्बन्धित बास्तुकला, देवस्थान, काष्ठकला र यससँग सम्बन्धित संस्कार र सांस्कृतिकक सम्बन्धका विषयमा सरोकारवाला स्थानीयसँग कुराकानी गरिएको थियो ।

बुइँगल रहेको कुमारी द्यो छेँको सम्झौता रकम १ करोड ९२ लाख ९ हजार ११३ रुपैयाँ हो । यसको पुनःनिर्माणका लागि २०८१ भदौ ९ कार्यादेश दिइएको हो । २०८२ फागुन ८ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्छ ।

मूःबहाल कुमारीका परिवारका सदस्य सनम बज्राचार्यका अनुसार जीवित देवी शाक्य कुमारीभन्दा अगाडि बज्राचार्यहरुले मान्ने जीवित बज्राचार्य कुमारी राख्ने चलन थियो । कुमारी राख्न आयस्ता नभएपछि करिब २०३२ सालदेखि बज्राचार्य कुमारी राख्ने चलन छोडियो । यहाँ मुःबहालभित्र बसोबास गर्ने बज्राचार्यहरुबाटै कुमारी चलन थियो ।

हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्यका अनुसार द्यो छेँको पहिलो तलामा कुमारीको मूर्ति र जीवित कुमारीको आसन राख्ने योजना छ । दोस्रो तलामा धार्मिक तथा सामाजिक क्रियाकलाप गर्ने योजना छ ।

वडा नम्बर २४ वंघ (इन्द्रचोक)बाट यट्खातर्फ जाँदा बायाँतर्फ रहेको आमगछेँ देवव्राम्हण राजोपाध्याय आगमछेँ हो । यो अहिले पुननिर्माण भइरहेको छ । यसको सम्झौता रकम १ करोड ७४ लाख ९१ हजार ६३२ रुपैयाँ हो । २०८१ मंसिर ७ कार्यादेश दिइएको यस कार्यको अवधि २०८२ मंसिर ६ सम्म हो ।

स्थानीय कविन्द्र रिमालले आगमछेँ र राजोपाध्यायका विषयमा जानकारी दिँदै भन्नुभयो, ‘यहाँ १४ औँ पुस्तादेखि राजोपाध्याय बसोबास गर्नुहुन्छ । स्वबासी देवव्राह्मण (उहाँहरु) को यो धार्मिक र सामाजिक कार्य गर्ने ठाउँ हो ।’

आगमछेँको जमिन तला खुला रहन्छ । पहिलो तलामा देवता कक्ष रहन्छ । दोस्रो तलामा खुला कक्ष रहनेछ । तेस्रो तलामा राजोपाध्यायहरुले गुप्त पुजा गर्ने कोठा रहन्छ ।

महानगरपालिकाको योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने अनुगमनका विषयमा जानकारी दिँदै भन्नुहुन्छ, ‘प्रचलित मापदण्डलाई पूर्ण कार्यान्वयन गराउन अनुगमनको भूमिका बढ्दै गएको छ । यसलाई नियमित र आकस्मिक दुवै प्रकारबाट सञ्चालन गरिरहेका छौँ ।’