२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाको प्रदर्शनमा झलनाथ खनाल सहभागी नहुने



अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चाले काठमाडौंमा गर्ने प्रदर्शनमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् ।

बेथिति एवम् भ्रष्टाचारविरूद्ध गणतन्त्रका पक्षमा समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा सभा आयोजना गर्दैछ ।

त्यसअघि मोर्चाघटक दलहरूले विभिन्न ठाउँबाट जुलुस निकालिएको छ । जुलुसको अगुवाइ गर्न चार वटा पार्टीलाई विभिन्न ठाउँ निर्धारण गरिएको छ ।

एकीकृत समाजवादीको जुलुस मैतीदेवी र शान्तिवाटिकाबाट निस्कनेछ । उक्त जुलुस र सभामा पूर्व प्रधानमन्त्रीसमेत रहेका खनाल भने उपस्थित नहुने भएका छन् ।

आफूलाई मञ्चमा वक्ताको रूपमा नराखिएकाले उनी उपस्थित नहुने बुझिएको छ । यद्यपि, कार्यक्रममा भने आफ्नो समर्थन रहेको र घरमै बसेर हेर्ने मनस्थितिमा रहेको नेता खनालको भनाई छ ।

सभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले बोल्ने कार्यसूची रहेको छ ।

 




भर्खरै