२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीबाट कामाख्या देवीको दर्शन



अ+ अ-

बुटवल । पूर्वराष्ट्रपति विद्या भण्डारीले पाल्पाको तिनाउ गाउँपालिका ३ बसन्तपुरस्थित प्रख्यात शक्तिपीठ कामाख्या देवीको दर्शन तथा पूजा गर्नुभएको छ ।

बिहीबार साँझ उहाँ कामाख्या मन्दिर पुग्नु भएको हो । पूर्वराष्ट्रपति भण्डारीलाई लुम्बिनी केबलकार लिमिटेडका सञ्चालक तेजप्रसाद सुनार, अप्रेसन म्यानेजर डिएन कायस्थले स्वागत गर्नुभएको थियो ।

लुम्बिनी केबलकार यात्रा र मन्दिर दर्शनपछि भण्डारीले बसन्तपुर निकै शान्त, स्वच्छ, रमणीय र धार्मिक पर्यटकीय स्थल बनेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

भण्डारी मन्दिर दर्शनका लागि आउँदा नेकपा एमालेका केन्द्रीय स्तरका नेता र जिल्ला तथा प्रदेशका जनप्रतिनिधिको बाक्लो उपस्थिति थियो ।

उहाँ विभिन्न कार्यक्रममा सहभागी हुन तीन दिनसम्म रुपन्देही नै रहनुहुनेछ ।