२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभाको बैठक एक घण्टाका लागि स्थगित



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकको कारबाही शुरु गर्न खोज्दा विपक्षी दलहरुले अवरोध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टापछि बस्ने गरी स्थगित गर्नुभएको हो ।

विपक्षीहरु उठेर विरोध जनाएपछि अध्यक्ष दाहालले विपक्षीको तर्फबाट राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्न समय दिनुभयो । सांसद विश्वकर्माले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विषयमा विपक्षीले प्रधानमन्त्रीको जवाफ माग गरेको तर प्रधानमन्त्री सदनप्रति जवाफदेही नभएको भन्दै सदन स्थगित गर्न माग गर्नुभयो ।

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा बचाउन पनि आसन ग्रहण गरेर सहयोग गर्न आग्रह गर्नुभयो । राजनीतिक दलहरु आफै सक्रिय भएर समस्याको समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष दाहालले पटक–पटक आशन ग्रहण गरेर बैठक सुचारु गर्न आग्रह गरेपनि विपक्षी सांसदहरुले अवरोध कायमै राखेपछि उहाँले बैठक एक घण्टाका लागि स्थगित भएको घोषणा गर्नुभयो ।




भर्खरै