२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास सुरु गर्नुअघि अनुसन्धान हुन आवश्यक छ : मन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासका कार्य प्रभावकारी र सफल बनाउन अनुसन्धानको पाटोलाई सँगै लैजानुपर्ने बताउनुभएको छ ।

नेपाल ‘फेमिली कोर्ट स्टडी’ले आज काठमाडाँैमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले अध्ययन अनुसन्धान नगरी हचुवाका भरमा विकास निर्माण तथा योजना तर्जुमा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले कुन ठाउँमा के विकास गर्ने, कसरी गर्ने र त्यसको दीर्घकालीन प्रभाव के हुन्छ भन्ने विषयमा न्यूनतम जाँचबुझ तथा अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा अनुसन्धान विधि अति आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले भन्नुभयो, “हामी कहाँ हचुवाका भरमा विकास हुन्छ, सम्बन्धित विषयमा अनुसन्धान गरेर योजना बनाउने अभ्यासको कमी छ, अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा अघि बढे सफल भइन्छ ।

सरकारद्वारा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमलाई सफल बनाउन स्पष्ट योजना तथा लक्ष्य पहिचान गरी बजेटको सिलिङ निर्धारण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा स्वास्थ्यसम्बन्धी अनुसन्धानात्मक गतिविधि र विभिन्न स्वास्थ्य अवस्थामाथि छलफल गरिएको थियो । रासस




भर्खरै