२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व-पश्चिम राजमार्ग स्तरोन्नति गरिँदै



अ+ अ-

कञ्चनपुर।  यहाँ पर्ने पूर्व-पश्चिम राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने कार्य अगाडि बढेको छ । जिल्लास्थित सडक डिभिजन कार्यालयले राजमार्गमा पटके मर्मत तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रियामार्फत काम अगाडि बढाएको हो ।

जिल्लाको बेदकोट नगरपालिकाको दैजीबाट कैलालीको अत्तरियासम्मको ३४ किलोमिटर सडक मर्मत र स्तरोन्नति गर्न रु ६९ लाख २९ हजार बजेटमा एमएस निर्माण सेवा गुरुखोला बैतडीलाई ठेक्का दिइएको छ । ठेक्का सम्झौताअनुसार आगामी जेठ मसान्तभित्र राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्ने, स्तरोन्नति गरी कालोपत्र गरी सक्नुपर्ने सडक डिभिजन कार्यालयका सूचना अधिकारी हरिशप्रसाद जोशीले बताउनुभयो ।

राजमार्ग क्षेत्रमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको छ । सोको न्यूनीकरण गर्न र यात्रा सहज बनाउन पहल थालेका छौँ”, उहाँले भन्नुभयो, “सवारीसाधन गुडाउनका लागि हुने समस्या निराकरणका लागि पटके मर्मतको कार्य अगाडि बढाएका हौँ ।” राजमार्गलाई खाल्डाखुल्डीरहित बनाउने उद्देश्यले कार्य भइरहेको उहाँको भनाइ छ । रासस