२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ वर्षीया बालिकाको डुबेर मृत्यु



अ+ अ-

ताप्लेजुङ। यहाँको सिरिजङ्घा गाउँपालिका–५ खेसेवामा छ वर्षीया बालिकाको डुबेर मृत्यसु भएको छ । स्थानीय ताराहाङ माबोकी छोरी ईतुङना माबोको पौडी खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार घर नजिकै पानी ट्याङ्कीमा डुबेको अवस्थामा स्थानीयले फेला पारेका थिए ।प्राथमिक उपचारका लागि निजलाई प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लैजाने क्रममा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो ।

घटनापछि प्रहरी निरीक्षक दुर्गा खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई जिम्मा लगाएको रावलले जानकारी दिनुभयो । रासस