६ असार २०८३, शनिबार
,
Latest
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको दोहोरो चरित्र : आफूलाई पर्दा रुवावासी, अरुलाई खुचिङ !



अ+ अ-

काठमाडौं । नेकपा एमाले आफूलाई गणतन्त्रवादी मात्र नभएर सबैभन्दा लोकतान्त्रिक पार्टी दाबी गर्छ । तर उसले एउटै विषयमा फरक फरक धारणा सार्वजनिक गर्छ । काठमाडौं महानगरपालिकाले प्रदर्शनकारीहरुलाई गरेको जरिवाना तिराउने निर्णयका विषयमा एमालेले दोहोरो चरित्र देखाएको हो ।

कुनै बेला काठमाडौं महानगरपालिकाले नेकपा एमालेले कार्यक्रम गर्दा फोहोर गरेको भन्दै जरिवाना तिराउने निर्णय गरेको थियो । यो निर्णय गत मंसिर ७ गतेको थियो । महानगरपालिकाले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो ।

महानगरले एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गराएको थियो । तर महानगरपालिकाको त्यो निर्णयको एमालेले खुलेर विरोध मात्र गरेको थिएन, आपत्ति नै जनाएको थियो ।

एमाले महासचिव शंकर पोखरेलले त सामाजिक सञ्जालमार्फत् काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहलाई परिचालित भएको आरोपसम्म लगाएका थिए । उनले भनेका थिए–

काठमाडौं महानगरका मेयर बालेन नेकपा (एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फबाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो । अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिबेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो, त्यतिबेला स्वयम्सेवकहरु कार्यक्रम थलोमै फोहोर संकलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामग्री हटाउने काम सँगसँगै जारी नै थियो ।

तर पनि मेयरको ध्यान सरसफाइमा होइन, जरिवानाको स्टन्टबाजीमा थियो । जुन समय अगावै सार्वजनिक गरियो ।

नेकपा एमाले पार्टी आफ्नो कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुरा हेक्क भएन मेयर बालेनलाई । जागरणसभा यस प्रकारका स्टन्टबाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि हो ।

तर त्यही एमालेका उपमहासचिव विष्णु रिमालले शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने महानगरपालिकाको निर्णयको खुलेर प्रशंसा गरेका छन् । रिमाल प्रधानमन्त्री केपी शर्मा ओलीका कोर टिमका सदस्यसमेत हुन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउने महानगरको निर्णयको स्वागत गरेका हुन् । महानगरपालिकाले शनिबार पूर्वराजा शाहलाई विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र काट्दै ७ लाख ९३ हजार जरिवाना तोकेको थियो । रिमालले गणतन्त्रमा मात्र यस्तो सम्भव छ भन्दै कविताको शैलीमा यो शक्ति दिन सक्ने व्यवस्था नै गणतन्त्र भएको बताएका छन् ।

उनले महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र साहले काठमाडौंका सम्भ्रान्त परिवारका सयों वर्ष अधिनायकी शासन सञ्चालन गर्ने शसक ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र काटेछन् भन्दै यो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र हो भनेका छन् ।
रिमालले भनेका छन्–
गणतन्त्रमा मात्र यस्तो सम्भव छ
महोत्तरीको एउटा सामान्य गाउँले परिवारका
बालेन्द्र साहले काठमाडौंका सम्भ्रान्त परिवारका
सयौं वर्ष अधिनायकी शासन सञ्चालन गर्ने
शासक ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटेछन् ।
यो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र हो ।

एउटै विषयमा एमालेका नेताहरुका फरक-फरक धारणाले आमनागरिकमा अन्योल देखिएको छ । एमालेले आफूलाई पर्दा विरोध गर्ने र अरुलाई त्यही विषय पर्दा खुशी हुने प्रवृत्तिलाई दोहोर्‍याएको हो ।