२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको कोभिड अनुगमन समितिद्धारा चिकित्सकहरुसँग छलफल



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा गठित कोरोना अनुगमन समितिले महामारी नियन्त्रणको क्षेत्रमा फ्रन्ट लाइनमा खटेर काम गरिरहेका चिकित्सकहरुसँग आज अन्तरक्रिया गरेको छ । सो समितिले महामारीको अवस्थाबारे नेपाल चिकित्सक संघसँग छलफल गरेको हो । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले शुक्रबार संघको कार्यालयमा पदाधिकारीहरुसँग छलफल गरेको हो ।

स्वास्थ्यकर्मीले भोगिरहेका समस्या र समाधानका विकल्पमा छलफल केन्द्रित थियो । छलफलका सहभागीहरुले महामारीका समयमा पहिलो लाइनमा रहेर काम गर्नुपर्ने चिकित्सकहरुको मनोबल बढाइ सेवा र सुविधामा सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।

अनुगमन समिति संयोजक एवम् सहमहामन्त्री महतले महामारी नियन्त्रणमा पहिलो लाइनमा रही सेवा गरिरहेका चिकित्सकहरुको मनोबल उच्च राख्‍न सरकारले सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए । डा. महतले सरकारले स्वास्थ्यकर्मी तथा चिकित्सकहरुको संवेदनशीलता हेरेर उनीहरुको सेवा सुविधाका लागि काम गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा समिति सदस्यहरु एनपी साउद, डा प्रभु बुढाथोकी, डा लक्ष्मीराज पाठक, राजिवविक्रम शाह, नैनसिंह महर र नेपाल चिकित्सक संघका पदाधिकारीहरु सहभागी थिए ।