२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड नेपाल पक्षले आयोजना गरेको सम्पादकसँगको भेटघाट अकस्मात स्थगित



अ+ अ-

काठमाडौं । नेकपा भित्रको अन्तरकलह र शक्ति संर्घष उत्कर्षमा पुगिरहेको समयमा आज पनि प्रचण्ड र माधव नेपाल पक्षीय चार नेताहले सम्पादकहरुसँग गर्ने भनी आमन्त्रण समेत गरिएको भेटघाट आज अकस्मात रोकिएको छ । दिउसो चार बजे नक्सालको होटल मेरियटमा अध्यक्ष पुष्पकमल दहाल, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले संञ्चारकर्मीहरुसंग छलफल गर्न लागेको भन्दै विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुलाई बोलाइएको थियो । 

केही दिन अघि भएको यस्तै छलफलमा अध्यक्ष दहालले कुनै पनि पार्टी बिभाजन हुनसक्ने भन्दै मानसिक रुपमा तयार रहन निर्देशन दिएका थिए । सो भेलमा अन्य नेताहरुले पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले एकलौटी हिसाबले अघि बढेको भन्दै ओली नसच्चिए  पार्टी गम्भिर अबस्थामा पुग्ने चेतावनी दिएका थिए ।

सोही दिन प्रचण्ड, माधव नेपाल, झलनाथ खनानल र नारायणकाजी श्रेष्ठले संञ्चारकर्मीसंग गरेको छलफल र ब्यक्त भएका अभिब्यक्तिलाई लिएर अध्यक्ष तथा प्रधानमन्त्री ओलीले गम्भिर आपत्ति जनाउदै यसबारेमा छलफल गर्न बिहिबार अध्यक्ष दहाललाई भेट्न दलका उपनेता शुबास नेवाङ्गलाई खुमटटार पठाएका थिए ।

सो पक्षले आज गर्ने भनेको उक्त अन्तरक्रिया अकस्मात किन स्थगित गरिएको हो भन्ने बारेमा भने केही बताइएको छैन । प्रचण्डले पार्टी फुट्न सक्छ तयार रहनु भनी दिएको अभिव्यक्तिले ओली पक्षका नेता तथा कार्यकर्ताहरुले प्रचण्डले पार्टी फुटाउने लागेको भनेर चर्को विरोध गरेका छन् ।