२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनकुने घटना षड्यन्त्रको हिस्सा : कमल थापा



अ+ अ-

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले तिनकुने घटनाको सबै पक्षलाई विश्लेषण गर्दा गणतन्त्र पक्षधरले सुनियोजित ढङ्गबाट परिस्थितिलाई उत्तेजित र अराजक बनाउने र राजा, हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको बिचारलाई बदनाम गर्न खोजेको बताएका छन् ।

आज पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले यो घटनाक्रमबाट कोहि पनि बिचलित नहुन सम्पुर्ण राष्ट्रबादी ,राजाबादी र हिन्दुराष्ट्र पक्षधरलाई आह्वान समेत गरेका छन् । थापाले “केही समय पछि गोयबल्स शैलिमा गरिरहेको सुनियोजित प्रोपोगन्डाको तुवाँलो हट्नेछ” । हिन्दुराष्ट्र राजा सहितको प्रजातन्त्रको पुनर्स्थापनाको अभियान नयाँ ढङ्गबाट अघि बढ्ने समेत थापाले स्पष्ट पारे ।

“तिनकुने घटनाको आबरणमा भ्रष्ट शासन र भ्रष्ट ब्यबस्थालाई निरन्तरता दिईरहन खोज्ने योजना सफल हुन दिदैनौ” उनले थपे । थापाले नयाँ शिराबाट हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको आन्दोलन अघि बढ्ने भन्दै थापाले राजनीतिक शक्ति र राजनीतिक नेतृत्वले जिम्मेवारी र पहलकदमी लिनुपर्नेमा थापाको जोड थियो ।

कार्यक्रममामा काठमाडौं -१४ का विभिन्न ब्यक्तिहरु राप्रपा नेपाल प्रवेश गरेका थिए ।