२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली लेखक सङ्घको अध्यक्षमा बुढाथोकी



अ+ अ-

लुम्बिनी। नेपाली लेखक सङ्घको अध्यक्ष पदमा वियोगी बूढाथोकी विजयी हुनुभएको छ । केही बेरअघि सम्पन्न मतगणनामा बुढाथोकीले ११५ मत प्राप्त गरी विजयी हुनुभएको जनाइएको छ । उहाँका प्रत्यासी डा रत्नमणि नेपालले ५९ मत प्राप्त गर्नुभयो ।

सङ्घको सहअध्यक्षमा मनोज न्यौपानेले १०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी डा शैलेन्दु प्रकाश नेपालले ६९ मत प्राप्त गर्नुभयो । महासचिवमा सोझो गाउँलेले १२६ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्प्रर्धी प्रकाश विमिलले ४९ मत प्राप्त गर्नुभयो ।

सङ्घको आठौँ राष्ट्रिय अधिवेशनमा कूल ३९ पदका लागि ४६ जनाले उम्मेदवारी दिनुभएको थियो । त्यसमध्ये छ उपाध्यक्ष, एक उपमहासचिव, एक कोषाध्यक्ष, चार सचिव र २४ सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएकाले उहाँहरू स्वतः निर्विरोध निर्वाचित हुनुभयो ।

सङ्घको उपाध्यक्षमा दामु मर्सिफुल, डा ईश्वरमणि अधिकारी, डा विष्णु केसी र डा शशि थापा पण्डित, कोषाध्यक्षमा विसुकुमार केसी, उपमहासचिवमा नारायण सापकोटा, सचिवमा निर्मल ढुङ्गाना, डा लोकेन्द्रबहादुर खड्का, मिलन समीर र निर्मला कोइराला निर्वाचित हुनुभएको निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङले बताउनुभयो । निर्वाचनमा कूल १८२ जनामध्ये १७६ जनाले मतदान गर्नु भएको थियो ।रासस