२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘खेल’को ट्रेलर सार्वजनिक



अ+ अ-

काठमाडौं। सस्पेन्स थ्रिलर नेपाली चलचित्र ‘खेल’को ट्रेलर युट्युबमार्फत सार्वजनिक भएको छ । यस ट्रेलरमा प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ ।

यो ट्रेलरमा शिक्षकले विद्यार्थीहरूलाई काठमाडौंको इतिहास पढाउँदै गरेका छन् भने केही अन्धविश्वास, रोगको प्रकोप र कालो जादुका विषयहरू पनि उठ्छन् । पुराना कलाकृति र शिलालेखहरूको दृश्यहरू छन् । साथीहरूबीचको मित्रता र असमझदारी दुवै देखाइएको छ । उनीहरू लुडो र अन्य खेलहरू खेलिरहेका छन् । अभिनेत्री सुरक्षा पन्तको अस्वाभाविक व्यवहार, हेना नगरकोटीको रहस्य सुल्झाउने प्रयास, र मोनिका थापा र समापिका गौतमको फरक गतिविधिले चलचित्रमा रहस्य र डरको आभास दिन्छ ।

ट्रेलरमा एउटा खेलपछि उत्पन्न हुने समस्याको चर्चा गरिएको छ । “एउटा पौराणिक कथा, सदियौँदेखिको बन्धन, एउटा घातक खेल, मित्रताको बन्धन, ईर्ष्याद्वारा भ्रष्ट, अकाट्य भोग” जस्ता वाक्यांशहरूले चलचित्रको रहस्यमय र डरलाग्दो वातावरणलाई थप बलियो बनाएका छन् । यसबाट थाहा हुन्छ कि यो चलचित्र साथीहरूको कथासँगै काठमाडौं उपत्यकाको उत्पत्ति र इतिहास पनि बताउँछ ।

आगामी वैशाख १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित छ, जसमा अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका साथीहरूको कथा प्रस्तुत गरिएको छ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ । ट्रेलरमा यी साथीहरूको जीवनमा आउने रहस्यमय घटनाहरू र तिनले सामना गर्नुपर्ने चुनौतीहरूलाई देखाइएको छ ।

चलचित्र ‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् ।

चलचित्रको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् । ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन् ।

प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् । चलचित्रको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ ।

ट्रेलर:




भर्खरै