२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेलचेक्र्याइँ गर्दा कोरोनाले लिन्छ ज्यान



अ+ अ-

ललितपुर । कोरोना संक्रमणबाट गत शुक्रबार ललितपुर–१४ थसिखेलकी ६७ वर्षीया महिलाको मृत्यु भयो । वीरगन्जबाट फर्किएको केही समयपछि मृतक महिलालाई कोरोना पुष्टि भएको थियो ।

उनको परिवारका अन्य पाँच जनालाई पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । कार्यालय प्रमुख खगेश्वर गेलालका अनुसार ती महिला तराईबाट आएपछि क्वारेन्टाइनमा बसिनन् । घर बस्दा न्यूनतम स्वास्थ्य सावधानी पनि नअपनाइएकाले सो परिवारका अन्यलाई पनि संक्रमण भएको थियो । वीरगन्जबाट आएको केही दिनमा कोरोनाका लक्षण देखिन थालेपछि मात्रै ती महिला अस्पताल पुगेकी थिइन् ।

उनी उच्च रक्तचापको बिरामीसमेत थिइन् । कोरोना संक्रमण पुष्टि भएको केही दिनमा पाटन अस्पतालमा उनको मृत्यु भयो । तराईबाट आएर परिवारका सदस्यसँगको घुलमिल र हेलचेक्र्याइँले अन्यमा समेत संक्रमण देखिएको गेलालको भनाइ छ । ‘क्वारेन्टाइन नबस्दा र परिवारका सबै सदस्य घुलमिल हुँदा समस्या देखियो’, उनले भने, ‘कोरोना परीक्षण पनि भएको थिएन, हेलचेक्र्याइँले ज्यानसमेत लिन सक्छ ।’

कोरोना संक्रमणबाट ललितपुरमा मृत्यु हुने ती महिल दोस्रो व्यक्ति हुन् । यसअघि ललितपुर–२२ बुङमतीका एक पुरुषको मृत्यु भएको थियो । स्वास्थ्य क्षेत्रमा काम गर्नेले अहिलेको संक्रमणका बेला झनै बढी सावधानी अपनाउनुपर्ने चिकित्सक बताउँछन् । गत महिना काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा ल्याब टेक्निसियनको रूपमा कार्यरत ललितपुर लुभुकी एक युवतीको घरका १३ जना सदस्यलाई कोरोना संक्रमण देखिएको थियो । उक्त घटनापछि समाजले गर्ने विभेदका कारण आफूले मानसिक यातना भोग्नु परेको ती युवती बताउँछिन् । सो परिवार हाल कोरोना मुक्त भइसकेको महालक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठले जानकारी दिए ।

ललितपुरमा बिहीबार मात्रै १० जना संक्रमित थपिएका छन् । हालसम्म १ सय ३० जना कोरोना संक्रमित देखिएका छन् । ६ जनाको मृत्यु भएको छ । बुङमतीका पुरुष र थसिखेलकी महिलाबाहेक अन्य ललितपुरमा अस्थायी बसोबास गर्नेहरू हुन् । गेलालका अनुसार पहिला करिब ९८ प्रतिशत लक्षण नभएका बिरामी थिए भने हाल आईसीयूमा भर्ना गर्नुपर्ने खालका संक्रमित बढेका छन् । ‘पहिला आईसीयू भेन्टिलेटरमा राख्नै पर्दैनथ्यो, अहिले पाटन अस्पतालमा दुई, तीन जना आईसीयूमा छन्’, उनले भने । अहिलेसम्म ललितपुरका सबै स्थानीय तहमा कोरोना संक्रमण देखिएकोमा सबैभन्दा धेरै जोखिम ललितपुर महानगरपालिकामा रहेको छ । दोस्रोमा महालक्ष्मी नगर र तेस्रोमा गोदावरी नगरपालिकामा खतरा बढेको छ । सरकारले लकडाउन खुला गरेसँगै आम मानिसले सावधानी नअपनाउँदा संक्रमणको जोखिम कायम रहेको विज्ञहरूको बुझाइ छ ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।