२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम धर्मावलम्वीहरुको ईद–उल–फित्र (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । मुस्लिम धर्मावलम्वीहरुले आज इद उल फित्र मनाएका छन् ।

आज बिहानै मुस्लिम धर्मावलम्वीहरुले शुद्ध भइ नजिकैको मस्जिद वा इदगाहमा गइ सामुहिक नमाज पढी एक आपसमा मित्रवत रुपमा शुभकामना साटासाट गरेका छन् ।

इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रोअनुसार नवौँ महिना रमजानभर गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ । काठमाडौंको जामे मस्जिद, टुँडिखेलमा नमाज अदा गरेर इद उल फित्र मनाइरहेका छन् । देशभरका विभिन्न मस्जिदहरुमा मुस्लिम धर्मावलम्वीहरुको भीड छ । उनीहरुले एक आपसमा शुभकामना साटासाट गरी इद उल फित्र मनाइरहेका छन् ।

इद उल फित्रको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । रोजाको दौरान मुस्लिम धर्मावलम्बीहरूले सूर्योदयदेखि सूर्यास्तसम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभुति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।

हेरौँ तस्बिरहरूः




भर्खरै