२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेको छ ।

प्रधानमन्त्री ओलीले बोलिरहँदा राप्रपा सांसद ज्ञानेन्द्र बहादुर शाही उठेर हो–हल्ला गरेका हुन् ।

सभामुख देवराज घिमिरेले अहिले प्रधानमन्त्रीलाई बोल्न समय दिएकाले अवरोध नगर्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने भन्दै व्यवस्था मास्छु भन्नेले श्रृंखलावद्ध घटनामा सार्वजनिक गर्नुपर्ने बताएका थिए । सोहिक्रममा राप्रपाका सांसदले आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

सांसदहरुले होहल्ला गरेपछि सभामुखले सांसदहरुलाई आसन ग्रहण गर्न रुलिङ गरेका थिए । प्रधानमन्त्रीले हल्लाकै बिच सम्बोधन जारी राखेका थिए ।