२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोटका पहिरो पीडितलाई महिना दिनमा राहतमा दुई किलो चामल



अ+ अ-

काठमाडौं । १२ जनाको ज्यान जाने गरी गत २५ असारमा आएको पहिरोले विस्थापित भएका बारेकोट गाउँपालिका ४, ५ र ६ का एक हजारभन्दा बढी सर्वसाधारणले ओत पाउन सकेका छैनन् । दिनभर खुला आकाशको भर पर्नुपर्ने उनीहरूसँग बर्खाबाट जोगिन केही थान त्रिपाल मात्र छ । 

झन्डै महिना दिनदेखि जंगलभित्र त्रिपाल टाँगेर बसेका उनीहरूसँग न गतिलो वास छ, न त खाने अन्न नै । विपत्मा परेर विस्थापित भएको महिना दिन पुगिसक्दा पनि राज्यबाट सहायता नपाएको पीडित बिर्जित सार्कीले बताए । एउटा त्रिपालभित्र १२ जनाको परिवार बस्ने परेको छ, अर्का विस्थापित ७४ वर्षीय दुर्गा सार्कीले भने– वासको समस्या मात्र होइन, भोको पेटको समस्या पनि उस्तै छ ।

पहिरोका कारण सार्कीटोलका मात्र ३२ जनाको परिवार विस्थापित भएको छ । ‘खानेपानीका पाइपहरू पहिरोले बगाएका कारण पिउने पानीको समस्या पनि खेप्नुपरेको छ । खोलामा भल बनेर बगेको पानी पिउन बाध्य भएका छौँ,’ बिर्जित सार्कीले नयाँ पत्रिकासँग भने, जंगलको वास भएको छ, सर्प, बिच्छीको डर पनि उस्तै छ ।’

पहिरोपीडितका लागि तत्काल राहतस्वरूप प्रतिव्यक्ति दुई किलो चामल वितरण गरिएको थियो । त्यसयता उनीहरूले अन्य राहत पाएका छैनन् । स्थानीय शिक्षक तीर्थराज बोहराले राहतस्वरूप दिइएको दुई किलो चामल उहिल्यै सकिएकाले बनिबुतो गरेर पीडितहरूले भोक टार्ने गरेको बताए । संघीय सरकारका मन्त्री शक्तिबहादुर बस्नेतले पठाएका आठ सय त्रिपालमा यहाँका सर्वसाधारण ओत लागेका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।