२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

म हिन्दुराष्ट्रको पक्षमा छुः डा. शशांक कोईराला



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक पटक अवसर दिँदा समेत सत्ताको दुरुपयोग गरेको बताउनु भएको छ ।

सोमवार संघीय संसद परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले फेरि अवसर दिँदा राज्यसत्ताको दुरुपयोग नगर्ने कुनै ग्यारेन्टी नभएकोले राजाको कुनै आवश्यकता नरहेको बताउनु भयो । व्यवस्थालाई कसरि अगाडि बढाउने भन्नेबारे जनताले निर्णय गर्ने उहाँको भनाइ छ । उहाँले आफू हिन्दुराष्ट्रको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजालाई हामीले पटक पटक मौका दियौं, अवसर दियौं । उसले दुरुपयोग गर्यो । अब के ग्यारेन्टी छ कि उसले दुरुपयोग गर्दैन ? त्यसैले अब राजा हामीलाई चाहिदैन । हिन्दुराष्ट्रको पक्षमा चाहीँ म छु ।’  

उहाँले तीनकुने घटनामा भीड उक्साउने काम राजावादी पक्षबाट भएको भन्दै कानूनी दायरामा ल्याउनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल




भर्खरै