६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँदे अधिवेशन अन्त्यः २१ दिनमा के–के भए ? (पूर्णपाठ)



photo: rss
अ+ अ-

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन अन्त्य भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज राति १२ः०० बजेदेखि लागू हुनेगरी दुवै सदनका चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।

संसद सचिवालयका अनुसार गत माघ १८ गतेबाट सुरू भएको यो पाँचौ अधिवेशन आजसम्म गरी जम्मा ६१ दिन चालू भएको छ । जसमध्ये २५ दिनमा २७ वटा बैठक बसेर ११८ घण्टा २१ मिनेट संसदीय काम कारवाहीमा बिताइएको छ ।

यस अधिवेशनमा प्रतिनिधिसभामा १२ वटा सरकारी र एउटा गैर सरकारी विधेयक दर्ता भएको छ । जसमध्ये ५ वटा विधेयक संघीय संसदको दुवै सभाबाट पारित भएका छन् भने ४ वटा विधेयक समितिमा विचाराधीन छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/04/samsad-kamkarbahi.pdf”]