२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा हाजिर हुन नदिन महानगर प्रहरी परिचालन



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर हुन नदिन महानगर प्रहरी परिचालन गरेका छन् ।

वडाध्यक्षहरु र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतमा गुरागाईंलाई हाजिर गराउने तयारीस्वरुप कमलादीस्थित महानगरपालिकाको कार्यालयमा जम्मा भएपछि मेयर बालेनले नगर प्रहरी परिचालन गरेका हुन् ।

महानगरका प्रवक्ता नवीन मानन्धरले प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ महानगरमा आउनैपर्ने बताए । ५ महिनादेखि तलब नपाएको र महानगरको काम ठप्प भएकोले प्रशासकीय अधिकृत हाजिर हुनुपर्ने उनले बताए ।

काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेनले गुरागाईँलाई अघोषित निलम्बनमा राखेका थिए । उनलाई कार्यालयमा प्रवेश निषेध गरिएको थियो ।

मेयर साहले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृतको लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएका थिए । तर, जवाफमा मन्त्रालयले उनैलाई निरन्तरता दिन र काम गर्ने वातावरण बनाउन भन्दै महानगरलाई पत्र पठाएको थियो ।




भर्खरै