२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरागाईँलाई स्वागत गर्न उपमेयर सुनिता डंगोल पनि उपस्थित



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब चार महिनामा कार्यालय फर्किएका छन् । उनलाई महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले कार्यलय प्रवेश गराएका हुन् ।

प्रशासकीय अधिकृत गुरागाईँको स्वागतमा महानगरकी उपप्रमुख सुनिता डंगोल पनि सहभागि भएकी थिईन् । उनी यो विषयमा पहिल्यैदेखि मेयर साहप्रति असन्तुष्ट थिईन् । उनले प्रशासकीय अधिकृतलाई काम गर्न दिनुपर्ने बताउदै आएकी थिईन् ।

यस्तै, रास्वपाबाट निर्वाचित वडा नं १६ कि अध्यक्ष रोजिना श्रेष्ठ भने स्वागतमा सहभागी भएकी छैनन् । उनले आफूलाई नबोलाइएको भन्दै सहभागी नभएको बताईन् ।

गुरागाईंलाई रोक्न मेयर बालेन शाहले कमलादीस्थित महानगरपालिकाको कार्यालयमा महानगर प्रहरी परिचालन गरेका थिए । कर्मचारी र जनप्रतिनिधिले घेराउमा राखेर गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराएका हुन् ।