६ असार २०८३, शनिबार
,
Latest
रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच आज भेट हुँदै



file
अ+ अ-

काठमाडौं । थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन भेटवार्ता गर्ने भएका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन ओली र मोदी थाइल्यान्डमा छन् ।

यही क्रममा आज दुई नेताबीच साइडलाइन भेटवार्ता तय भएको हो । आज अपराह्न ४ बजे भेट हुने छ । नेपालका तर्फबाट तयार पारिएको ओलीको थाइल्यान्ड भ्रमण कार्यतालिकामा आज अपराह्न ४ बजेदेखि २० मिनेटमा मोदीसँग भेटवार्ता हुने उल्लेख छ ।

प्रधानमन्त्री ओलीले हिजो श्रीलंका, भुटान, म्यानमारका सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

नेपालमा ओली प्रधानमन्त्री भएको साढे ८ महिना भएको छ । तर, अहिलेसम्म ओलीले भारतीय प्रधानमन्त्री मोदीका तर्फबाट भारत भ्रमणको निमन्त्रणा पाएका छैनन् । यसअघि पुष्पकमल दाहाल र त्यसअघि शेरबहादुर देउवाले भारत भ्रमणको अवसर पाएका थिए । ओलीको भारत भ्रमण हुन नसक्नुलाई भारतसँगको सम्बन्धमा चिसोपन आएको रूपमा हेरिँदै आएको छ ।

त्यसकारण पनि थाइल्यान्डमा ओली र मोदीबीच छुट्टै भेट हुने/नहुने विषय बहुप्रतीक्षित छ । प्रधानमन्त्री भएको तीन महिनाभित्रै ओलीले गत असोजमा न्युयोर्कमा मोदीसँग साइडलाइन भेटवार्ताको अवसर पाएका थिए ।