२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लखनउको घरेलु मैदानमा मुम्बईले अहिलेसम्म हराउन सकेको छैन, आज फेरिएला इतिहास ?



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को १६औं खेलमा आज लखनउ सुपरजायन्ट्सले मुम्बई इन्डियन्सको सामना गर्दैछ ।

खेल लखनउको घरेलु मैदान भारतरत्न श्री अटल बिहारी बाजपेयी, (एकना स्टेडियम)मा साँझ ७ः४५ बजेदेखि हुनेछ ।

जारी सिजनमा दुबै टोलि पहिलोपटक भिड्दैछन् भने समग्रमा दुवै टोलीको चौथो खेल हुनेछ । लखनउले ३ खेलमा १ जित र २ हार बेहोरेको छ भने मुम्बईले पनि ३ खेलमा १ मात्र जित हात पारेको छ ।

हेड टु हेड
आईपीएलमा लखनउ र मुम्बईबीच ६ खेल खेलिएको छ । ५ मा लखनउ विजयी हुँदा र मुम्बईले १ खेल मात्रै जितेको छ । लखनउमा दुवै टोली दुई पटक आमनेसामने भएका छन् । जसमा दुबै खेल लखनउले जितेको छ । मुम्बईको लखनउ विरुद्धको एक मात्र जीत २०२३ सिजनको एलिमिनेटरमा भएको थियो ।

लखनउ सुपरजायन्ट्स
निकोलस पूरन यस सिजन एलएसजीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले २ खेलमा अर्धशतक र एक खेलमा ४४ रन बनाएका छन् । रिप्लेसमेन्टको रुपमा सामेल भएका शार्दुल ठाकुर लखनउका सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले ३ खेलमा ६ विकेट लिएका छन् ।

मुम्बई इन्डियन्स
मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादव टोलीका सर्वाधिक स्कोरर हुन् । उनले ३ खेलमा १०४ रन बनाएका छन् । आफ्नो अन्तिम खेलमा उनले कोलकाताविरुद्ध ९ बलमा २७ रनको अविजित इनिङ खेलेका थिए । मुम्बईका बलर अश्विनी कुमारले सर्वाधिक विकेट लिएका छन् । आफ्नो अन्तिम र एकमात्र खेलमा उनले कोलकाताविरुद्ध ३ ओभरमा २४ रन दिएर ४ विकेट लिएका थिए ।

कस्तो छ पिच ?
लखनउको एकना स्टेडियमको पिच बलिङ–अनुकूल छ । स्पिनरले यहाँ थप मद्दत पाउँछन् । यहाँ कम स्कोर भएका खेलहरू देखिएका छन् । यस रंगशालामा कुल १५ आईपीएल खेल खेलिएका थिए । पहिले ब्याटिङ गर्ने टोलीले ७ खेल जितेको छ भने बलिङ गर्ने टोलीले पनि ७ खेल जितेको छ । १ खेल रद्द भएको छ । गत वर्ष लखनउ सुपरजायन्ट्सविरुद्ध कोलकाता नाइट राइडर्सले बनाएको मैदानमा उच्चतम टोली स्कोर २३५–६ रहेको छ ।

शुक्रबार लखनउमा कडा घाम र गर्मी हुनेछ, हावा पनि तीव्र हुनेछ । हावाको गति १५ किलोमिटर प्रतिघण्टा रहनेछ । यहाँको तापक्रम २१ देखि ३६ डिग्री सेल्सियसको बीचमा हुनेछ । पानी पर्ने सम्भावना छैन ।

सम्भावित सुरुवाती–१२

लखनउ सुपरजाइन्ट्सः ऋषभ पन्त (कप्तान र विकेटकीपर), एडेन मार्कराम, मिचेल मार्स, निकोलस पूरन, आयुष बडोनी, दिग्वेश राठी, डेभिड मिलर, अब्दुल समद, रवि बिश्नोई, शार्दुल ठाकुर, आवेश खान, एम सिद्धार्थ ।

मुम्बई इन्डियन्सः हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, रायन रिकेल्टन (विकेटकिपर), विल ज्याक, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, अश्विनी कुमार, विग्नेश पुथुर ।