२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आणविक सम्झौतामा इरानसँग ‘प्रत्यक्ष वार्ता’ गर्ने ट्रम्पको चाहना



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार तेहरानसँग आणविक सम्झौताबारे ‘प्रत्यक्ष वार्ता’ चाहेको बताउनुभएको छ । यसअघि उहाँले इरानले आणविक हतियार विकास गरे बम हान्ने धम्की दिनुभएको थियो ।

दशकौँदेखि पश्चिमी राष्ट्रहरूसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको देशको आणविक कार्यक्रममा सहमतिमा पुग्न ट्रम्पले इरानी नेताहरूलाई दुई महिनाको समयसीमा दिनुभएको छ ।

संयुक्त राज्य अमेरिकासहितका पश्चिमी देशहरूले लामो समयदेखि इरानलाई आणविक हतियारको खोजी गरेको आरोप लगाएका छन् । उक्त आरोपलाई तेहरानले अस्वीकार गर्दै यसको समृद्धिकरण गतिविधिहरू शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गरेको छ ।

“मलाई लाग्छ प्रत्यक्ष वार्ता गर्नु राम्रो हुन्छ”, ट्रम्पले राष्ट्रपतीय विमान एयर फोर्स वानमा पत्रकारहरूसँग भन्नुभयो, “मलाई लाग्छ यो छिटो हुन्छ र मध्यस्थकर्ताहरू मार्फत जानुभन्दा अर्को पक्षलाई धेरै राम्रोसँग बुझ्न सकिन्छ ।”

इरानका विदेशमन्त्री अब्बास अराघचीले गत हप्ता तेहरानले ‘इरानप्रति अर्को पक्षको दृष्टिकोणमा परिवर्तन नआएसम्म’ वासिङ्टनसँग प्रत्यक्ष वार्ता नगर्ने बताउनुभएको थियो ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पूर्ववर्ती बाराक ओबामाले सन् २०१५ मा गर्नुभएको आणविक सम्झौता रद्द गर्नुभएको थियो र इरानमाथि कठोर प्रतिबन्ध लगाउनुभएको थियो ।

तेहरान र विश्व शक्तिहरूबीच सम्पन्न भएको सो सम्झौताले इरानलाई प्रतिबन्धहरूबाट राहत दिने बदलामा आफ्नो आणविक महत्त्वाकांक्षालाई सीमित गर्न बाध्य पारेको थियो ।

“उनीहरूले मध्यस्थकर्ताहरू प्रयोग गर्न चाहन्थे, त्यो अब आवश्यक छ भन्ने मलाई लाग्दैन”, ट्रम्पले भन्नुभयो, “मलाई लाग्छ उनीहरू चिन्तित छन्, मलाई लाग्छ उनीहरू आफूलाई कमजोर महसुस गर्छन् । मैले उनीहरूलाई त्यस्तो महसुस गराउन चाहन्न, मलाई लाग्छ उनीहरू भेट्न चाहन्छन् ।”

गत महिना ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीलाई आणविक वार्ताको आह्वान गर्न र तेहरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाहीको चेतावनी दिन पत्र लेखेको बताउनुभएको थियो ।

खामेनीले अमेरिकी धम्कीहरूले ‘उनीहरूलाई कतै पनि पुर्‍याउने छैन’ भन्दै इरानविरुद्ध ‘यदि उनीहरूले केही हानिकारक गरे भने’ पारस्परिक उपायहरूको चेतावनी दिनुभएको थियो ।

गत हप्ता ट्रम्पले इरानले आणविक हतियार विकास गर्ने प्रयास छोडेको छैन भने ‘बमबारी हुनेछ’ भन्नुभएको थियो ।

इजरायलले इरानका दुई सहयोगी हमास ९सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्ने प्यालेस्टिनी लडाकूहरू० र लेबनानको हिजबुल्लाहलाई ध्वस्त पारेपछि ट्रम्पको पहुँच इरानका लागि कमजोर स्थितिमा आएको छ ।