१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहना नदीमा बेपत्ता भएका दुईजनाको शव फेला



symbolic picture
अ+ अ-

कैलाली । मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ ।

आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव मङ्गलबार फेला परेको हो  ।

‘बगेको स्थानबाट झन्डै डेढ किलोमिटर पर दुवै जनाको शव फेला परेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।