२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीयता खर्चिलो छ, छरितो बनाउनुपर्छ : मन्त्री पौडेल



अ+ अ-

पाल्पा ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

आज नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्घीयता राज्यको क्षमताभन्दा बढी खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, “वास्तवमा सङ्घीयता जनतालाई अधिकार दिलाउने सन्दर्भमा यो परिस्कृतस्वरूप हो, तर हाम्रो सङ्घीयता राज्यको क्षमताभन्दा बढी बोझिलो, खर्चिलो बनेको स्थिति छ, यसको अर्थ सङ्घीयता समाप्त गर्ने होइन, छरितो बनाउने हो, हाम्रो शासन संरचनालाई छरितो बनाएर अगाडि बढ्ने हो ।” सङ्घीय लोकतन्त्रमा धेरै कुरा भएको छ तर पर्याप्त नभएको उहाँको भनाइ छ ।

अहिलेको व्यवस्थालाई पूर्णता व्यवस्थित बनाउन आवश्यक छ, नेपाललाई समृद्ध बनाउने दिशामा हामी धेरै अगाडि बढेका छौँ, यसले पछाडि फर्कने अवस्था आयो भने देश धेरै पछाडि जाने अवस्था आउन सक्छ । त्यसैले व्यक्तिको हैन विधिको शासन स्थापित गर्न खोजेका हौँ”, मन्त्री पौडेलले भन्नुभयो । उहाँले सङ्घीय शासनलाई नै बलियो बनाएर लैजाने दिशामा लागेको बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले सङ्घीयता छरितो बनाउन अब राजनीतिक संरचना र प्रशासनिक संरचना छरितो बनाएर जानुु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

देश विकास गरी गरिबी हटाउन आर्थिक स्रोत जुटाउने सम्बन्धमा पार्टीबिच एकता हुनुपर्ने पनि उहाँले बताउनुभयो । नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोतका बीचमा कहीँकतै तालमेल नमिलेको मन्त्री पौडेलको भनाइ थियो । उहाँले भन्नुभयो, “पार्टीका सिद्धान्तहरू राम्रा छन् भाषण पनि मीठा गर्छन् तर गर्न स्रोत कसरी जुट्छ भन्नेमा ध्यान दिएका छैनन् । रासस