१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार कुन-कुन क्षेत्रमा हुने छ बर्षा ?



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको जानकारी दिएको छ ।  महाशाखाले आज मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । 

दिउँसो देशभर आंशिक बादली रहेता पनि अपरान्हपछि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा रहेको छ । 

यसैगरी, राति देशभर सामान्य बदली रही  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का र मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।