काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ईञ्जिनियर सुशील भट्टलाई नियुक्त गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई ४ वर्षे कार्यकालको लागि बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
अर्थमन्त्री डा युवराज खतिवडा संयोजकत्वको गठित समितिले राष्ट्रिय योजना आयोगको सदस्य समेत रहेका भट्टसंगै डा. सरोज कोइराला र रामकृष्ण खतिवडाको नाम सिफारिस गरेको थियो ।
महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्त भएपछि बोर्डको कार्यकारी अधिकृत पद रिक्त रहेको थियो । यस्तै मन्त्रिपरिषद् बैठकले वरिष्ठ सहसचिव वीर बहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।












