२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

३९७ स्थानीय तहमा अझै पुगेन स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा बिन्दु



अ+ अ-

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको जनाएको छ ।

आईतवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले ४७.७ प्रतिशत स्थानीय तहमा बोर्डको आफ्नै प्रथम सेवा बिन्दु रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म पनि ३९७ स्थानीय तहमा प्रथम सेवा बिन्दु नपुगेको जानकारी दिँदै ति स्थानीय तहका विमित सेवाग्राहीहरुले नजिकैको अर्को स्थानीय तहमा गएर सेवा लिनुपर्ने बाध्यता रहेको बताउनु भयो ।

तुलनात्मक रुपमा शहरी क्षेत्र सुगम क्षेत्रका स्थानीय तहहरुमा बीमा सेवाको प्रथम सेवा बिन्दु धेरै पुगेको जानकारी दिनुभयो । कार्यकारी निर्देशक काफ्लेले प्रत्येक वर्ष बीमा नविकरण नगर्ने विमितहरुको संख्या समेत बढ्दै गएको बताउनु भयो । उहाँकाअनुसार वि.स. २०७४/०७५ मा बीमा नविकरण नगर्ने ५४ प्रतिशत, ०७८/७९ मा ६४ प्रतिशत तथा रहेकोमा चालु आर्थिक वर्षको हालसम्मको संख्या ५४ प्रतिशत रहेको छ । एकचोटी बीमा गरिसकेपछि किन बीमा नविकरण गर्दैनन् भन्नबारे विश्लेषण गरेर समाधानको उपाय खोज्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको छ । अर्थात ४७.२ प्रतिशत स्थानमा बोर्डको आफ्नै सेवा बिन्दु छ । ३९७ स्थानीय तह अर्थात ५२।७ प्रतिशत स्थानीय तहमा प्रथम सेवा बिन्दु पुग्न सकेको अवस्था छैन । ति स्थानीय तहमा रहेका विमितहरुले नजिकैको अर्को स्थानीय तहमा गएर प्रथम सेवा बिन्दु लिनुपर्ने स्थिति छ । त्यसकारण ति स्थानीय तहमा बीमामा आवद्धताको विषयमा प्रश्नको विषय बनेको छ ।

सुविधाको अवस्थालाई विश्लेषण गर्दाखेरि सुगम स्थानीय तहमा प्रथम सेवा बिन्दुहरु पुगेको र तुलनात्मक रुपले पिछडिएका स्थानीय तहमा प्रथम सेवा बिन्दु पुग्न बाँकी रहेको अवस्था देखिन्छ । स्वास्थ्य बीमा नविकरण नगर्ने विमितहरु आर्थिक वर्ष २०७४/०७५ मा ५४ प्रतिशत थिए । यो संख्या ०७८/७९ मा ६४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ०८१/८२ मा त्यो संख्या ५४ प्रतिशत रहेको देखिन्छ । एकपटक विमित भइसकेपछि किन नविकरण गरेरन रु भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । छोड्नेहरुको दर उच्च हुनुको कारण पहिचान गरि त्यसको त्यसको समाधानमा विशेष ध्यान दिनु जरुरी देखिन्छ ।’

दोहोरोपनाको कारण विमितको यथार्थ विवरण प्राप्त गर्न समेत कठिन भएको उहाँको भनाइ छ । यद्यपि स्वास्थ्य बीमा गरेका विमितहरुले स्वास्थ्य उपचार सेवा लिने क्रम बढ्दै गएको समेत उहाँले जानकारी दिनुभयो । लक्षित वर्गभन्दा शहर र सुगम क्षेत्रका नागरिकले धेरै स्वास्थ्य उपचार सेवा लिने गरेको बोर्डको तथ्यांक छ ।




भर्खरै