१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाममा भोली (सोमबार) रातीदेखि एकसाता सम्मका लागि निषेधाज्ञा जारी



अ+ अ-

जनकपुर । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले भोली (सोमबार) रातीदेखि एकसाता सम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा सोमबार राती १२ बजेदेखि लागू हुनेछ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जनकपुरधाम उपमहानगर क्षेत्रमा कोरोनाको जोखिम बढ्दै गएकाले कडाई गरिने बताए ।