२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा



अ+ अ-

गुल्मी। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले कुशासन र भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्ने बताउनुभएको छ । सरकारले केही गरेन भन्ने भाष्य चिर्न भ्रष्टाचार निर्मुल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली कांग्रेस गुल्मीद्वारा आज सदरमुकाम तम्घासमा आयोजित तेस्रो जिल्ला सम्मेलनमा महामन्त्री थापाले गलत काम गर्ने जो कोही भए पनि त्यसले सजाय पाउन सकेमा मात्र नागरिकमा भरोसा सिर्जना हुने बताउनुभयो । उहाँले प्रधानमन्त्री तथा मन्त्रीहरुले खुरुखुरु जनताको हितका लागि काम गर्नमा लाग्नुपर्ने उल्लेख गर्दै राम्रो कामको प्रचार गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

कांग्रेस सरकारमा रहेको हुँदा त्यसको जस अपजस दुवै पार्टीले बोक्नु परेको जिकिर गर्दै महामन्त्री थापाले जिम्मेवारीका नाममा नचाहिने भारी बोकेर कांग्रेस थिचिएर बस्न नसक्ने बताउनुभयो । एउटा व्यक्तिले गलत काम गर्छ भने त्यसको जिम्मेवारी उसैले लिनुपर्ने तर त्यसको जिम्मेवारी कांग्रेसले नबोक्ने उहाँको भनाइ थियो ।

पछिल्लो समय आम नागरिकमा देखिएको असन्तुष्टिलाई चिन्ने र चिर्ने काम कांग्रेसको काँधमा आएको महामन्त्री थापाले बताउनुभयो । देशमा ठूला दलले केही गरेनन् र केही भएन भन्ने भ्रमलाई अन्त्य गर्दै नागरिकमा आशाका किरण जगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले असुन्तष्टिलाई भजाएर मात्र राजतन्त्र फर्कने सपना नदेख्न राजावादीलाई आग्रह गर्नुभयो । देश अहिले सम्भावनाको नवीन मोडमा रहेको उल्लेख गर्दै उहाँले यस अवस्थामा थुप्रै सम्भावनाका ढोका खुलेका बताउनुभयो । महामन्त्री शर्माले गणतन्त्रको पक्षमा जनमत रहेकाले गणतन्त्र सबैको साझा भएको बताउनुभयो ।

जिल्ला सम्मेलनमा कांग्रेस केन्द्रीय सदस्य डा चन्द्रकान्त भण्डारी, डा मीनेन्द्र रिजाल, अजयबाबु सिवाकोटी र चन्द्र केसी, प्रदेश सभापति अमरसिंह पुनलगायतले आ–अफ्नो धारणा राख्नुभएको थियो । रासस




भर्खरै