२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल राष्ट्र बैंकमा यथाशीघ्र गर्भनर नियुक्त गरिने



सञ्चारमन्त्री गुरुङ–मन्तव्य काठमाडौँ, १७ चैतः सञ्चार मन्त्रालयले आइतबार काठमाडौँमा आयोजना गरेको विषयगत समिति (सञ्चार तथा सूचना प्रविधि क्षेत्र) को बैठक (सङ्घ प्रदेश र स्थानीय तह) समन्वय तथा अन्तरसम्बन्ध (ऐन, २०७७ को दफा २२ बमोजिम) मा मन्तव्य राख्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिरः मधु शाही÷रासस
अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा यथाशीघ्र गर्भनर नियुक्ति हुने बताउनुभएको छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उहाँले भन्नुभयो, “गर्भनर नियुक्तिका लागि दुई पार्टीबीच भागबण्डा नमिलेर ढिलाइ भएको भन्ने कुरा गलत हो, नियुक्ति गर्न सिफारिस समिति बनिसकेको र अध्ययन भइरहेको छ ।” उहाँले तत्कालका लागि कायममुकायम गर्भनरको जिम्मा डेपुटी गर्भनर डा नीलम ढुङ्गाना तिम्सिनालाई दिएको जानकारी दिनुभयो ।

सरकारले नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नरको जिम्मेवारी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेपुटी गभर्नर ढुङ्गाना तिम्सिनालाई गत सोमबार दिनुभएको थियो ।

यही चैत २४ गतेदेखि महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंक गभर्नरविहीन छ । अर्थमन्त्री पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति बनेको छ । उक्त समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । समितिले सिफारिस गरेको तीनमध्येबाट एक जनालाई सरकारले गभर्नर नियुक्त गर्नेछ ।रासस