२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न



अ+ अ-

सर्लाही। सर्लाहीको सदरमुकाम मलंगवामा “ईद मिलन तथा उर्दू कवि सम्मेलन“ भव्य रूपमा सम्पन्न भएको छ । दबिस्तान ए–नेपालको आयोजनामा भएको सो कार्यक्रम बुधबार मलंगवा स्थित होटल सुजातामा सम्पन्न भएको हो ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, पुर्व गृह राज्य मन्त्री मोहम्मद रिजवान अन्सारी, प्रदेश सांसद विमला अन्सारी, पुर्व संघीय सांसद रुहीनाज मिकरानी, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानी, मलंगवा नगरपालिकाका पुर्व उपमेयर शान्ती भन्ने शबनम मिकरानी, मलंगवा नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष चन्देश्वर राय, वडा न–३ का वडाअध्यक्ष प्रमोद राय, मेयर प्रत्यासी शमिमबाबु खान लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, पत्रकार तथा साहित्यकारहरूको कार्यक्रममा उल्लेख्य उपस्थिति रहेको थियो ।

उर्दू भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि आयोजना गरिएको कवि सम्मेलनमा विभिन्न स्थानबाट आएका उर्दू कविहरूले शायरी प्रस्तुत गरी दर्शक स्रोताको मन जितेका थिए । कार्यक्रममा पूर्वगृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मोहम्मद रिजवान अन्सारी ले भने ,“जबसम्म हाम्रो देशमा सबै भाषा धर्म संस्कृति भेषभूषा र सबै जात जातिको समान अधिकारलाई संविधानमा सुनिश्चित गरिँदैन सबैको सम्मान गरिँदैन तबसम्म देशमा दिगो शान्तिको स्थापना असम्भव रहेको छ।

उहाँले अगाडि थप्नुभयो। भर्खरै मधेस प्रदेश सभामा सरकारले प्रस्तुत गरेको भाषा विधेयकमा सरकारी कामकाजको भाषा कुन भाषालाई मान्ने भन्ने विषयमा त्यहाँ उर्दु र थारु भाषा लगायत बहुसंख्यक जनताले बोल्ने भाषालाई समावेश नगरिएकोमा घोर आपत्ति जनाउनुभएको छ। र सरकारको यो निर्णयको भर्षना र निन्दा गर्नुभएको छ।

आउने विधेयकमा यदि उर्दु र थारु भाषा लगायत उत्पीडित जनताका भाषालाई समावेश गरिएन भने आन्दोलन गर्ने। आफ्नो भाषिक अधिकार प्राप्तिको लागि आन्दोलन गर्नका लागि जनतालाई उठ्न आह्वान गर्नुभएको छ।

कविहरूले सामाजिक सद्भाव, प्रेम, भाइचारा तथा शान्तिका सन्देश दिने कविता वाचन गरेका थिए । मलंगवा नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रमका आयोजक संस्था दबिस्तान ए–नेपालले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।