२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पले ल्याएका नयाँ भन्सार दर चीनबाहेक अरु देशका लागि ९० दिनका लागि स्थगन



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व ल्याएका रेसिप्रोकल भन्सारदर चीन बाहेक अरु देशका हकमा तत्काल कार्यान्वयनमा नआउने भएको छ ।

ट्रम्पले अघिल्लो साता घोषणा गर्नुभएको ‘जस्तालाई तस्तै भन्सार दर’ (रेसिप्रोकल ट्यारिफ) ९० दिन (तीन महिना) का लागि स्थगन गरेको बताएका छन् । संयुक्त राज्य अमेरिकाले चीनमाथि लगाएको भन्सार शुल्कलाई १२५% बढाएको छ । ट्रम्पकाअनुसार यो तुरुन्तै लागू हुन्छ ।

सामाजिक सञ्जाल टु«थमा यसबारे राष्ट्रपति ट्रम्पले भनेका छन्– ‘विश्व बजारप्रति चीनले सम्मान नदेखाएकाले म अमेरिकाले चीनलाई लगाएको कर १२५ प्रतिशतमा बढाउँदैछु, जुन तुरुन्तै लागू हुनेछ । आशा छ– चीनले चाँडै बुझ्नेछ कि अमेरिका र अन्य देशलाई आर्थिक रूपमा निरन्तर हानि पु¥याउने दिन सकिएको छ र यो पनि स्वीकार्य छैन ।’

ट्रपले नयाँ ट्यारिफका कारण चर्को आलोचना खेप्नुपरेको छ । नयाँ ट्यारिफका कारण खासगरी शक्ति राष्ट्रलाई ठूलो असर परिरहेको थियो ।

जसबाट नेपाल पनि अछुतो थिएन । नयाँ ट्यारिफअनुसार नेपाली वस्तु अमेरिका निर्यात गर्दा १० प्रतिशत भन्सार तिर्नुपथ्यो । पहिलेको तुलनामा नेपाली वस्तु अमेरिका निकासीमा महँगो पर्दै थियो । तर शक्तिराष्ट्रहरुलाई लगाइएको भन्दा यो दर कम भएको भन्दै नेपालका उद्योगी व्यापारीले राहत महशुस गरेका थिए ।

नयाँ ट्यारिफका कारण विश्व अर्थतन्त्र नै मन्दीमा जाने खतरा विश्लेषण हुँदै आएको थियो ।