२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीका चार जिल्लाको यातायात सेवा अवरुद्ध



अ+ अ-

सुर्खेत। कर्णालीका चार जिल्लाका विभिन्न खण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएका छन् ।

रुकुम पश्चिमको मुसिकोट–११ मा स्थित पृतिबाङ खोलामा बाढी आएपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको पचालझर्ना गाउँपालिका–८ मा पहिरोका कारण कालीकोट–हुम्ला खण्ड अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । कालीकोटको खाडाचक्र–८ सिम्लाघार्डमा ढुङ्गा खसेका कारण सुर्खेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कालीकोटकै सन्नीत्रिवेणी–३ सिस्नेगाड, रास्कोट– ८ भार्तडीमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । भेरीगङ्गा–११ साधिकोखोला पहिरो जाँदा जाजरकोट सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । रासस