२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मेड इन नेपाल’ एक्स्पो सुरु



अ+ अ-

चितवन। युवा उद्यमी मञ्च चितवनले आजदेखि यहाँ ‘मेड इन नेपाल एक्स्पो’ तथा ‘फुड फेस्टिभल’ सुरु गरेको छ । नेपालमा उत्पादित सामग्रीलाई बजार प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यका साथ सो मेला आयोजना गरिएको हो ।

नेपाल युवा उद्यमी मञ्चले सन् २००६ देखि सुरु गरेको यो मेला यसवर्ष सातौँ संस्करण हो । मेलाको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताउनुभयो । स्थानीयस्तरमा हुने मेला महोत्सवले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउने हुँदा रोजगारीको अवसर सृजना गर्न सहज हुने उहाँको भनाइ थियो ।

सो अवसरमा मेडइन भरतपुरको लोगोसमेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष कुशलसुन्दर श्रेष्ठ, भरतपुर महानगरपालिका–१ का वडाअध्यक्ष केशव महर्जन, उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजन गौतम, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, चेम्बर अर्फ कमर्सका उपाध्यक्ष रुविन रामुदामु, युवा उद्यमी निकोलस पाण्डे, निशान पौडेललगायतले स्वदेशी उत्पादनको सम्मान गर्ने र नेपाली स्वाभिमान कायम गर्न सकेमा यहाँ उत्पादित सामानले बजार पाउन सहज हुने बताउनुभयो ।

वैशाख २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा सञ्चालन हुने मेलाले नेपाली उत्पादनको पहिचान, गुणस्तर र प्रभावलाई आमजनमानसमा प्रभाव दिने विश्वास लिइएको छ । मेला हरेक दिन बिहान १०ः०० देखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ । साँझ ५ः०० देखि ९ः०० बजेसम्म ‘ग्राण्ड फुड फेस्टिभल’ हुने छ । एक्स्पोमा एक सय १० भन्दा बढी स्टल छन् । रासस