२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङसँगको खेल रद्द भएपछि नेपाल फाइनलमा



अ+ अ-

काठमाडौँ । जारी चार देशीय टी–२० सिरिजअन्तर्गत घरेलु टोली हङकङसँगको खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाएपछि वर्षा भएर खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले एक–एक अंक बाँडेका हुन् ।

योसँगै नेपालले ३ खेलबाट ५ अंक जोडेर फाइनलको यात्रा तय गर्‍यो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा स्थान सुरक्षित गरेको छ । ३ खेलबाट ३ अंक जोडेको घरेलु टोली हङकङ फाइनलको दौडबाट बाहिरियो ।

अब नेपालले उपाधिका लागि आइतबार कुवेतसँग खेल्नेछ । हङकङ र कतारले भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।