२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कवि शंकर अर्यालको कविता:  ‘देश दुखेको चिन्ता’



अ+ अ-

नेपाल  राष्ट्र हो हाम्रो
पुर्खाको यो धरोहर
यसलाई बचाएर
सन्ततिलाइ छाड्नु छ ।।

नेपाल राष्ट्रका लागि
हाम्रा ती वीर पुर्खाको
धेरै रगत बगेको छ
बुझौँ हामी नेपाली हो ।।

आफ्ना सन्ततीलाई
हुर्काउन बढाउन
दशनंग्रा खियाएर
धेरै गरे परिश्रम ।।

मानवीय जीवन जिउन
धर्म कर्म बचाउन
शान साथ लडे युद्ध
वैरीलाइ हराउन ।।

देश नेपाल हो हाम्रो
शान र मान पनि हो
हाम्रो जीवनको आधार
मातृभूमि यहि नै हो ।।

हामीले नलिउँ हल्का
सस्ता र स्वार्थी भावना
स्वराष्ट्र र धर्म प्रति
होस् सधैं उच्च भावना ।।

देश विना कति दुख
पाएका छन् हामी हेरौँ
सुशासनको अभावमा
देश बिग्रिएको बुझौँ ।।

त्यसैले युवा जनशक्ति 
देश बचाउन आउ
राजनीति र विकासको
जिम्मा लिन चाँडै आऊ ।।